नेपाली काँग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डामा टुंगाइएको छ । जसअनुसार देउवा पक्षका ४ उम्मेदवार रहेका छन् भने शेखर कोइराला पक्षका दुई जनामै सीमित रहेका छन् ।

काँग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले देश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ  र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जसअनुसार मिश्र र पन्त मात्रै शेखर पक्षका हुन् । जसका पन्त सहमहामन्त्रीमा पराजित बनेकी थिइन् भने मिश्र वीरबहादुर बलायरसँग सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित बनेका थिए । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा काँग्रेसले ६ जना उम्मेदवार उठाउने गरी भागबण्डा भएकामा काँग्रेसभित्र पनि गुटगत भागबण्डा भएको हो । आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटमा चुनाव हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ