२९ पुस, काठमाडौं । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालसयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिने भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् ।

१२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण गराएका थिए ।
‘प्रधानमन्त्री कार्यलयबाट डा. लोहनीको सरुवा रोक्न भनी निर्देशन आएको छ,’ ती कर्मचारीले भने, ‘ सम्भवतः सरुवा निर्णय रोकिन्छ होला ।’ दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा. लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
न्याम्स ऐन विपरीत डा. लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।
प्रधानमन्त्री देउवाले हाल उनको सरुवा नगर्न र वीरमा डा. भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका छन् । अहिले वीरको निमित्त प्रशासकीय अधिकारी रहेका डा. भुपेन्द्र बस्नेतलगायत कांग्रेस निकट चिकित्सकहरूले उक्त निर्णय परिवर्तन गर्न प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर दबाव दिइएको बुझिएको छ ।
डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए । उनीहरुले प्लेकार्डसहित प्रदर्शन गर्दै डा. लोहनीलाई अस्पताल छिर्न नदिने बताएका थिए ।
डा.गुणराज लोहनी वीर

प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal