१२ माघ, काठमाडौं । कोभिड-१९को नयाँ भेरियन्टको संक्रमण बढेसँगै यसलाई नियन्त्रणका लागि काठमाडौं उपत्यकाको सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणाली लागू भएसँगै यो प्रणालीको तीव्र आलोचना भइरहेको छ ।

जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा पारेको र यसले थप संक्रमण फैलाउने जोखिम बढेको उनीहरुको अनुभव छ । दैनिक सार्वजनिक यातायातमा यात्रा गरेर कार्यलय आउजाउ गरिरहेकी कुपण्डोलकी कल्पना शाक्यले अहिले समयमा गाडी नपाउने र पाएको गाडीमा पनि भिडभाडबीच जानुपर्ने बाध्यता भएको सुनाउँछिन् ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

कुपन्डोलबाट तीनकुनेस्थित कार्यलय जानको लागि दैनिक भीडभाडबीच यात्रा गर्नु परेको उनको गुनासो छ । उनी भन्छिन् ‘जोरबिजोर प्रणाली भएपछि गाडी नै कम हुन्छ । पाएको गाडीमा पनि कोचाकोच मान्छे हुन्छ । भिड छ भनेर अर्को गाडी कुर्ने अवस्था नै हुँदैन । अनि झन कोरोना सर्ला भन्ने डर ।’

 

जोरबिजोर प्रणालीले गाडी स्वत कम हुने हुँदा गाडीमा थप भिड बढ्ने उनको भनाइ छ । उनी अगाडि थप्छिन् ‘म जस्तो निजी सवारी साधन नभएकोलाई यो जोरबिजोर प्रणालीले साह्रै समस्यामा पारेको छ ।’

गत आइतबार सामाजिक सञ्जाल ट्वीटर प्रयोगकर्ता करिश्मा ढकालले जोरबिजोर प्रणालीको कारण भोगेको समस्या ट्वीट गरेकी छिन् । सुन्धाराबाट माछापोखरी जान गाडीमा चढेकी उनलाई यात्रु क्षमता बढी भयो भनेर जमलमा ट्राफिक प्रहरीले ओरालेपछि हिँड्दै गएर लैनचौरबाट गाडी चढेको उल्लेख गरेकी छिन् ।

लैनचौरमा चढेको गाडीले माछापोखरी नपुग्दै बसपार्क बाहिर ओरालेपछि माछापोखरीस्थित घरतर्फ जाने क्रममा पाँच जना केटाहरुको समूहले दुर्व्यवहार गरेको उनले उल्लेख गरेकी छिन् । आफू ठीकै भएपनि उक्त घटनाले उनलाई मानसिक

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ