विराटनगर, १४ माघ
मोरङ व्यापार सङ्घको ३३औँ कार्यकारिणी समितिले नवीन रिजाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिलकुमार साह, उपाध्यक्ष (उद्योग)मा विकासकुमार बेगवानी, महासचिवमा अनिल शारदा, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिङ्घानियाँ निर्विरोध चयन हुनुभएको छ ।





त्यस्तै कार्यसमिति सदस्यमा आशिष जाजु, दीपेश सुवेदी, अमित शारदा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशील सुरानालाई चयन गरिएको छ । नवनियुक्त अध्यक्ष रिजालले पदभार ग्रहण गर्दै कार्यसमितिका भावी योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा सरकारसमक्ष विकास निर्माणका कार्यलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तीव्र औद्योगिकीकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर ब्याजदर, चर्को विद्युत् महसुल, ढुवानी खर्च आदि न्यूनीकरण गर्न पहल गर्ने तथा अस्वाभाविक नीतिको निराकरणका लागि पहल÷पैरवी गर्ने बताउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















