१४ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार पनि तोलामा ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । लगातार दोस्रो दिन सुनको पनि मूल्य घट्दा सुन तोलामा १८ सय सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

आज छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावल सुन तोलामा ९३ हजार ५ सय र तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ