१८ माघ ः क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ । उहाँले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । उहाँले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ– मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु । साथै उहाँले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गर्नुभएको छ ।




उहाँले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्वीटरबाटै गराउनुभएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















