काठमाडौँ, १९ माघ
स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

xr:d:DAFxlIaP-is:14,j:5016294698881483641,t:23112811

एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ