२० माघ
हुम्लामा बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ । हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ ।




यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण काम एक हप्ताका लागि स्थगन गरिएको छ ।
माटोले पुरिएर महिलाको मृत्य
हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिका–१ प्यूसकी ३४ वर्षीया देवकी शाहीको माटोले पुरिएर मृत्यु भएको छ । माटो खन्दा उनको पुरिएर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अङ्गबहादुर शाहीले टेलिफोनमा जानकारी दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














