काठमाडौँ, २४ माघ
नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।
प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका वर्षीया रीता गुरुङ, वर्षीया सौभाग्य, वर्षीय सहज, वर्षीया जेनिसा र वर्षीय एरविनलाई गएराति १ बजे सकुशल उद्धार गरेको हो ।




महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिँउ खेल्न गएर फर्कने क्रममा हराएका पाँचजनालाई ५ घन्टापछि सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । प्रहरीले उनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















