बझाङ, २९ माघ
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले यहाँका आयोजनाको आज निरीक्षण गर्नुभएको छ । सदरमुकाम चैनपुरको सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, सुर्मा सडक, पातिहाल्ना तलकोट–सैपाल–हुम्ला सडकखण्ड लगायतका सडकको निरीक्षण गर्नुभएको हो ।

उहाँले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयको समेत अनुगमन गर्नुभएको छ । उहाँले जिल्लास्थित पूर्वाधार विकास कार्यालयलगायत कार्यालय प्रमुखसँग आयोजना कार्यान्वयनबारे जानकारी लिनुभयो ।

अनुगमनका क्रममा आयोजना दु्रत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । अहिले योजनाका काम निरन्तर भइरहेकाले आवश्यकताअनुसार जिल्लामा अरू योजनाको पनि मागअनुसार बजेट विनियोजन गरिने बताउनुभयो । उक्त अनुगमन टोलीमा मन्त्री सोडारी, प्रदेश अर्थराज्यमन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि रहनुभएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ