काठमाडौँ, १ फागुन :
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते बस्ने गरी सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो । बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था, अमेरिकी सहयोग एमसीसी, हुन बाँकी जिल्ला अधिवेशन सम्पन्न गर्ने सम्बन्धमा तथा स्थानीय निकायको आसन्न निर्वाचनलगायत विषयमा सदस्यले आआफ्नो धारणा राख्नुभएको बैठकमा सहभागी पार्टीकी केन्द्रीय सदस्य एवं महिला, बालबालिका एवं ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राससलाई जानकारी दिनुभयो ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, एनपी साउदलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
–––




प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















