काठमाडौँ, १ फागुन
प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ । –––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ