काभ्रे ७ फागुन
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा न ९ मंगलटारमा रहेको ऐतिहासिक बिन्ध्यबासिनीको मुल मन्दिरको पुनर्निर्माण तथा अन्य नयाँ सरचनाहरुको नयाँ निर्माणकार्यको शिलान्यास कार्यक्रम आज मिति २०७८ फागुन ७ गते शनिबार बागमती प्रदेशका युबा तथा खेलकुद मन्त्री माननीय रत्न ढकालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बिक्रम सम्बत १६५० सालमै स्थापना भएको उक्त ऐतिहासिक मन्दिर २०४५ र २०७२ सालको भुकम्पका कारण पुर्ण रुपमा क्षती भएकोमा गत बर्ष रोशी गाउँ पालिकाको सहयोगमा डिपिआर तयार गरि एक करोड चौरासी लाखको लागतमा निर्माण गर्न लागिएकोमा यश बर्ष २०७८ मा बागमती प्रदेश सरकारको तर्फबाट पन्ध्र लाख रुपैयाँ , पुरातत्व बिभागबाट दस लाख रुपैयाँ , गाउँपालिकाबाट तीन लाख रुपैयाँ र सहयोगी दाताहरुबाट अन्य रकम संकलन गरि मन्दिर निर्माण गर्दै लगिने र अन्य रकम आगामी बर्षको बजेटहरुबाट निर्माण कार्यलाई निरन्तरता दिने गरि निर्माण गर्ने लक्ष्य सहित आज शिलान्यास भएको हो ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री रत्न ढकालले यश मन्दिर र यश क्षेत्रकै बिकासको लागि पुर्ण रुपमा सहयोग गर्न थप बजेटको ब्यबस्था गर्दै जानुका साथै यश क्षेत्रको युबा लक्षित कार्यक्रम संचाल योजनालाई थप प्रभाबकारी बनाउने र खेल बिकासमा थप कार्यक्रम संचालन गरिने कुरा बताउनु भयो। कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष तथा नेपालकै कान्छा गाउँ पालिका अध्यक्ष कान्छालाल जिम्बा, महाभारत गाउँपालिका युबा नेता सुजन लामा, रोशी गाउँ पालिका वडा न ९ का सदस्य मेख लामा, वडा सदस्य दुर्गा अधिकारी, समाजसेबी श्यामलाल तामाङ, समाजसेबी मोहन तामाङ, बिन्ध्यबासिनी मन्दिर निर्माण समितिका सल्लाहकार तथा जोसेफ एजुकेसनल नेटवर्कका प्राचार्य सुर्य बहादुर अधिकारी, सल्लाहकार तथा भक्तपुर निस्टका प्राचार्य चन्द्र कुमार अधिकारी, सदस्य तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज होम बहादुर अधिकारी लगायतका अतिथिहरुले बिन्ध्यबासिनी मन्दिरको निर्माणले यश क्षेत्रमा धार्मिक पर्यटनको बिकास हुने र यश भेगका आम समुदायको आय आर्जन बिकास हुने, मंगलटार हुँदै हेटौंडा जोड्ने राजमार्गको बिकास सम्बन्धमा जोड दिनु भएको थियो। शिलान्यास कार्यक्रममा मंगलटारका जेष्ठ नागरिक, आम जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन जोसेफ हाई स्कुलका सहायक प्राचार्य, बिध्यालय रग्बी संघका केन्द्रिय अध्यक्ष दीपक अधिकारीले गर्नु भएको थियो भने स्वागत मन्तब्य सचिब राजेन्द्र अधिकारी, धन्यवाद मन्तव्य समाजसेवी बिदुर अधिकारीले दिनुभएको थियो। कार्यक्रम बिन्ध्यबासीनी मन्दिर निर्माण समितिका अध्यक्ष बलराम अधिकारीज्युको सभापतित्वमा आयोजना भयो र उपस्थित अतिथिहरुलाई अध्यक्ष बलराम अधिकारीले मायाको चिनो प्रदान गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ