पाल्पा, १० फागुन :  रोजगारी,  शिक्षा र अवसरको खोजीमा सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला अर्घाखाँची ,पाल्पा, गुल्मीबाट ग्रामीण क्षेत्र त्यागेर  नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायत सहरी क्षेत्रमा  अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् ।

प्रशस्त अर्थोपार्जन गर्न सहर तथा विदेशै भाँैतारिन नपर्ने तर ग्रामीण क्षेत्रमै पनि मिहिनेत गरे के हुँदैन र भन्ने उदाहरण बन्नुभएको छ, जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवाका सन्तोषराज नेपाल । गाउँमा फर्केर अहिले उहाँ रिसोर्ट, कृषि तथा पशुपालन व्यवसाय गरेर अरूलाई पनि रोजगारी दिन सक्षम हुनुुभएको छ । ग्रामीण बस्तीबाट अवसरको अभावमा सहरी क्षेत्रमा युवाहरुको आकर्षक बढेर गाउँका घरहरु रित्तो हुन पुगेको अवस्थामा पछिल्ला वर्षहरुमा प्रशस्त अर्थोपार्जनका सम्भावनाले ग्रामीण क्षेत्रमै फर्कनेहरू पनि बढ्न थालेका छन् ।

सन्तोषराज नेपाल चार वर्षअघि बाउबाजेको पुख्र्याैली गाउँ फर्किनु भएको हो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ गाउँ फर्केर   पशुपालन, रिसोर्ट, कृषि व्यवसयामा उहाँ अहिले व्यस्त हुनुहुन्छ । चालीस रोपनी जग्गामा कागती, लिची, मुला, साग खेती गरिएको छ । मुलाबाट मात्र यस वर्ष रु चार लाख आम्दानी भएको उहाँले बताउनुभयो ।

मिहिनेत गरे गाउँमा पनि प्रशस्त आम्दानी गर्ने वातावरण सहरमा भन्दा झनै फराकिलो छ । सहरी क्षेत्रमा पैसा कमाउन ठूलै प्रतिस्पर्धा गर्नुपर्ने र लगानी पनि बढी लगाउनुपर्ने बाध्यता रहेको नेपालको भनाइ थियो । ग्रामीण क्षेत्रमा कृषि, पशुपालन तथा होटल व्यवसायमा सानो लगानी र विना प्रतिस्पर्धामा काम गर्ने वातावरण रहेको उहाँले जानकारी दिनुभयो।

नेपालको कृषि फार्म नजिकै रिसोर्ट र उन्नत जातको बाख्रा र स्थानीय जातका कुखुरापालन व्यवसाय छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिस अहिले पशुपालन व्यवसायबाट विस्थापित भए पनि नेपालले भने यसवर्ष स्थानीय जातका दुई सय कुखुराबाट रु दुई लाख र उन्नत जातका बाख्राबाट रु चार लाख आम्दानी भएको जानकारी दिनुभयो ।

स्याङ्जाका दीपक पाण्डेय कोरोना महामारीका बेला कृषि र पशुपालन व्यवसायतर्फ आकर्षित हुनुभयो । तानसेन नगरपालिकाको कैलाशनगरबाट रिब्दीकोट गाउँपालिकाको देउरालीमा फर्किनुभएका उहाँले चारवटा भैँसी र दुईवटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।पाण्डेयले गाई तथा भैँसीको दूध बिक्रीबाट वार्षिक रु दश लाख आम्दानी गर्दै आउनुभएकोे छ । उहाँले व्यावसायिकरूपले गाईभैँसी र बाख्रासँगै तरकारी उत्पादन पनि गर्दै आउनुभएको छ । रु ७५ लाख खर्चेर रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण गर्नुभएका पाण्डेयले करिब रु दुई करोडको लगानीमा एक वर्षभित्र रिसोर्टको सबै काम पूरा गरी सञ्चालन गर्ने तयारीमा रहे पनि कोरोनाले गर्दा संरचना निर्माणमा समस्या भएको बताउनुभयो ।

आर्थिक अवसरहरुको खोजीमा सहरमा प्रवेश गरी आम्दानी गर्ने मान्यता अहिले बिस्तरै हटदै गएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा अधिकांश युवा विदेशबाट फर्केर स्वदेशमै आयआर्जनमा सक्रिय रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले ग्रामीण क्षेत्रका बासिन्दालाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानको व्यवस्था गरिएको बताउनुभयो । उहाँले पहिलाको तुलनामा अहिले कृषि तथा पशुपालनका क्षेत्रमा रामै्र प्रगति भएको, तरकारी, मासु, दूधमा बिस्तारै गाउँपालिका आत्मनिर्भर बन्दै गएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ