काठमाडौँ, १० फागुन
पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८२० को एन्टिजेन परीक्षण तथा छ हजार ६०४ को पीसीआर परीक्षण गर्दा क्रमशः १७७ र २९९ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ७१ पुगेको छ ।




यस अवधिमा ८३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म नौ लाख ५३ हजार ४३० सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ रहेका छन् । यस अवधिमा थप तीन जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














