मकवानपुर,१३ फागुन ।

नेपाली कांग्रेस मकवानपुर सभापतिमा शुक्रबार उम्मेदवारी घोषणा गरिएको छ ।  जयराम लामिछानेले आफ्नो प्यानल सहितको उम्मेदवारी नै सार्वजनिक गरेका छन् । उनले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई दुईजना हुने व्यवस्था रहेको छ । उनले सदस्य छनौट भूगोल र क्लस्टर अनुसार हुने भएकाले सोही अनुसार उम्मेदवारी चयन गर्न जिम्मेवारी प्रदान गरिएको जानकारी दिए ।

प्यानल घोषणा गर्दै लामिछानेले विधि र विधानमा चल्नु पर्ने मान्यता राख्दछु भन्दै विजयी भएमा विजयी नहुने साथीहरूलाई सङ्गै लाने यदि पराजित भएको खण्डमा विजयी साथीहरू सङ्ग मिलेर पार्टीको काम कारवाहि गरिने प्रतिवद्दता व्यक्त गरेका थिए । स्थानीय तहका सबै वडाहरुमा जिताउने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको र मकवानपुर काङ्ग्रेसले अब जयराम लामिछानेको नेतृत्व आवश्यक रहेकाले मकवानपुर बासिले मेरो नेतृत्व खोजिरहेको बताए ।


सबै उम्मेदवार आदरणिय व्यक्तित्व रहेकाले आफु सबै सङ्ग मिलेर काम गर्ने बताएका छन् । लामिछाने समुहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकीलगायत उम्मेदवार बनाउने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ