विराटनगर, १६ फागुन
विराटनगर महानगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ । सभामा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट संशोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्ध वार्षिक प्रगति समीक्षा, संशोधित नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।
सभामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निर्वाचनको समयमा आफूले गरेको घोषणाअनुसार नगरमा ९० प्रतिशतभन्दा बढी काम गरेको बताउनुभयो । उहाँले जनताले प्रत्यक्ष रुपमा विकासको अनुभूति गर्न पाएकामा खुसी व्यक्त गर्दै विराटनगरका १९ वटै वडाका जनप्रतिनिधिले आ–आफ्नो वडामा अधिकतम विकास गरौँ भन्ने भावनाका साथ काम गरेकामा प्रशंसा गर्नुभयो । आफ्नो कार्यकालमा १५० किलोमिटरभन्दा बढी सडक कालोपत्र, ६ हजार घर समेटिने गरी ढल प्रणालीसहित फोहरमैला प्रशोधन केन्द्र निर्माण, आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालय निर्माणलगायत काम गरेको उहाँले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको सहयोग प्राप्त गर्न नसक्दा कतिपय योजना अघि बढाउन नसकेको प्रमुख पराजुलीले गुनासो गर्नुभयो । “कोरोना महामारीका समयमा पनि महानगरपालिकाले जनताको घरदैलोसम्म पुगेर सेवा गरेको छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal