रेबा घिमिरे
काठमाडौँ, १९ फागुन
पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी काठमाडौँ उपत्यकामा २५ कोभिड सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २९० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० कोरोना सङ्क्रमणमुक्त भएका छन । सात हजार ५१७ सक्रिय सङ्क्रमित रहेका छन् होमआइसो लेसन मा। तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६१ आइसीयु र नौ जना भेन्टिलेटरमा उपचाररत् छन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख १६ हजार ७६१ रहेको छ । नौ लाख ५७ हजार ८०८ सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ