काठमाडौँ, २० फागुन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डिबी लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामाको यही फागुन १७ गते आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०३० मा प्रजातन्त्र स्थापनाका लागि आर्थिक सहयोग जुटाउन गरिएको विमान अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ