रेबा घिमिरे
२१ फागुन,
सप्तरी नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ ।
रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।




संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएक प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको बताए ।
केन्द्रीय सदस्य समेत रहेका संस्थापन पक्षका नेता दिनेश यादवले खुल्ला ठाउँमा निर्वाचन गर्दा यस्तो समस्या देखिएको बताए । उनले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको दावी गरे ।
‘निर्वाचन नै अव्यवस्थित भयो’ यादवले भने, ‘अव्यवस्थितकै कारण यस्तो अवस्था आएको हो ।’ सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् । स्थगित भएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















