रेबा घिमिरे
काठमाडौँ, २२ फागुन
सत्तारुढ नेकपामाओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता एमसिसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम छ ।




यस्तै स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ । बैठक सम्पन्न गरे आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनको तयारीमा केन्द्रीत हुने माओवादीको तयारी छ । गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















