रेबा घिमिरे

सप्तरी, २३ फागुन
नेपाली कांग्रेस सप्तरीको स्थगित भएको जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन मङ्गलबार हुने भएको छ । निर्वाचन समितिका जनाएको छ।अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मङ्गलबार गरिने निर्णय भएको छ ।

शनिबार विवाद भएपछि स्थगित भएको भएको थियो उक्त निर्वाचन मङ्गलबार गरिने कांग्रेसले जनाएको छ । यसअघि निर्वाचन समितिले निर्वाचनस्थलमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै विवाद उत्पन्न भएपछि स्थगित भएको थियो ।

समय परिवर्तन गर्दै शनिबारका लागि तय भएको जिल्ला अधिवेशन बिहान ८ बजेदेखि हुने भनिएकामा १० बजेदेखि मात्र सुरु भएको थियो ।  नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिनुभएको छ । रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचनस्थलमा व्यवस्थापनबारे विवाद उत्पन्न भएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ