रेबा घिमिरे
काठमाडौँ, २३
फागुन
अनुसन्धान विभागले आज चार जना विरुद मुद्वादायर गरेको छ। एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको छ ।

विभागले चार जनाविरुद्ध रु चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ । विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।विभागले, घिमिरेसँग रु सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ बख्रेल र पन्तसँग जनही रु एक करोड ४७ लाख ३२ हजार,माग गरेकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ