रेबा घिमिरे
काठमाडौँ, २४
फागुन
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेशनल प्याब्सन०को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल हुनुहुन्छ।
नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनलेउपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, सहअध्यक्षमा सुवास न्यौपाने, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान,,सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खडका, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन हुनुभएको छ ।सुुदूरपश्चिबाट धर्मराज रेग्मी–केन्द्रीय सचिव, सत्येसबहादुर चन्द, दिपक भट्ट, तेजराज खनाल ९केन्द्रीय सदस्य० लगायत ५७ जना केन्द्रीय समितिमा गरिएको छ ।





प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















