रेबा घिमिरे  हेटौडा
२४ फागुन
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भनेनारासहित विश्वभर मनाइँदै गरिएको महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “नेपालको संविधानले समेत मौलिक हकको धारा ३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमन र हिंसाजस्ता लैङ्गिक विभेद र अमानवीय व्यवहार अन्त्य गरी पुरुष र नारीबीच समानताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको छ । संविधानमा महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था छ ।  दिगो विकासका लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने,  असमानता घटाउने, शान्ति कायम गर्ने र न्यायमा पहुँच  विषय महिला हित पक्षमा छन् ।

बागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङले पनि ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली नारीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक सोच र संरचनाका कारण नयाँ नीति र कानुनको कार्यन्वयनमा जटिलता कायमै रहेको जनाउँदै ती जटिलताको कायम रहेको छ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ