रेबा घिमिरे
काठमाडौँ, २५ फागुन
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ब बैठकमा बस्ने भएको छ।वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी० का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताउनु दिनुभयो । पार्टीको यही फागुन २३ गतेको बैठकले केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ