




रेबा घिमिरे
काठमाडौँ, फागुन २५
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई मातृशोक परेको छ । काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख)का बाट निर्वाचित मन्त्री श्रेष्ठको ७९ वर्षीया आमा रुपा श्रेष्ठको आज बिहान निधन भएको हो ।
लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित श्रेष्ठको आज बिहान ७ बजे उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीमा निधन भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका–१० निवासी स्व रुपाको श्रीमान्, दुई छोरा र चार छोरी हुनुहुन्छ । मन्त्री श्रेष्ठ स्व रुपाको कान्छो छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















