रेबा घिमिरे
काठमाडौँ, २६ फागुन
पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ एनएमए को ३१औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो ।

महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो । यसअघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ र घरबास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो साताका गरिने छ । नेपाल एशोसिएशन अफ टूर एन्ट ट्राभल एजेन्ट्स् ९नाट्टा० को पनि छिट्टै वार्षिक साधारणसभा हुने जनाइएको छ ।
। संस्थाको विधान परिवर्तन गरेर नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्नुपर्ने भएकाले पनि पहिला साधारणसभा गरेर त्यसलगत्तै कार्यसमिति चयनका लागि निर्वाचनको कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

सङ्घको केन्द्रीय समितिको हालैको बैठकले चैत ९ गते साधारणसभा र आगामी २०७९ असार महिनाभित्रमा कार्यसमितिको निर्वाचन गर्ने प्रयोजनार्थ सोही सभामा संस्थाको विधानसमेत संशोधन गर्नुपर्ने भएकाले सबै साधारण सदस्यलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
आसन्न वषन्त ऋतु सर्वाधिक आरोहणका समय भएकाले आरोही आरोहण सकेरफर्केपछि सहज हुने गरी निर्वाचन कार्यक्रम गर्ने सङ्घको योजना छ । संस्थाको सन् २०२० को अगष्टमा वर्तमान कार्यसमितिको कार्यकाल सकिए पनि महामारीका कारण साधारणसभा हुनसकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ