
रेबा घिमिरे
काठमाडौँ, २६
फागुन
प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुग्नुभएको छ । केही समयअघि वीरगञ्ज पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।





आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















