काठमाडौँ, २७ फागुन
प्रधानमन्त्र शेरबहादुर देउवासँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषयमा छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री खाँणले यही फागुन २३ र २५ गते मन्त्रालयमा प्रतिनिधिसभा सदस्यहरुसँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो । छलफलमा उहाँहरुले राजनीतिक दलका नेताहरूले राखेका धारणाबारे प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गर्नुभएको थियो ।




उक्त छलफलमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदन र विधेयकलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
नागरिकता विधेयक नहुँदा नागरिकता वितरणमा समस्या देखिएको भन्दै सरकारले राजनीतिक दलबीचको सहमतिमा उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















