रेबा घिमिरे
काठमाडौँ, २७ फागुन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । आज शुक्रबार मन्त्रालयमा उपचारका लागि सहयोगको अपेक्षासहित आउनुभएका साउदलाई मन्त्री आलेले आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गर्नुभएको हो ।




साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस ९ढुसी० नामक सङ्क्रमण देखिएको र खुट्टानै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकले जानकारी दिएपछि साउद उपचारका लागि आर्थिक सहयोग माग्न मन्त्रालय पुग्नुभएको थियो । मन्त्री आलेले हाललाई परीक्षणका लागि भन्दै उपचार सहयोग दिनुभएको छ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














