काठमाडौं, उमेश भट्टराई
अब नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट नचल्ने भएको छ 




नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न निर्देशन दिएको हो । नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो।
आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।
गैरकानुनी तरिकाले विदेशी मुद्रा विनिमय हुन थालेपछि वैदेशिक मुद्रा सञ्चिति घट्दा अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको भन्दै अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायहरूबाट क्रिप्टोकरेन्सीबारे अध्ययन गरिरहेको थियो भने अर्थ मन्त्रालयको कार्यदलले क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ। यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि छुट्टै कार्यदल गठन गरेर छानबिन गरिरहेका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















