काठमाडौं,  उमेश भट्टराई
भारतीय राज्य पन्जाबका नयाँ मुख्यमन्त्री भागवान्त मानले बुधबार एउटा गाउँमा आयोजित समारोहबीच पद तथा गोपनियताको सपथ लिएका छन्। भारतीय संचारका अनुसार आम आदमी पार्टी (आप) का नेता मानले भारतीय स्वतन्त्रता आन्दोलनका योद्धा सरदार भगत सिंहको गाउँमा खट्कर कलानमा राज्यका सपथ लिएका हुन्।

भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए । उनी प्रदेशको १७औं मुख्यमन्त्री हुन् भने आपबाट मुख्यमन्त्री बन्ने केजरीवालपछि दोस्रो व्यक्ति हुन्।  अहिले उनले मात्रै शपथ लिएका छन् भने अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपीलअनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए । मुख्यमन्त्री मानले भगत सिंहको पहेँलो पगरीको स्मरणस्वरूप यस्तो अपील गरेका थिए । उनी आफैं पनि पहेंलो पगरी पहिरिएर शपथग्रहण समारोहमा उपस्थित थिए ।

सपथ समारोहमा सहभागीलाई सम्बोधन गर्दै मानले आप नेतृत्वको सरकारले पन्जाबलाई सुनौलो र रंगिन बनाउने बताए। कार्यक्रममा कोही पनि विशिष्ट अधिकारीहरद्याई निमन्त्रणा नगरिएको खबर छ । सपथ समारोहमा दिल्लीका मुख्यमन्त्री एवं आपका संस्थापक अरबिन्द केजरीवाल भने सहभागी थिए।

केही समय अगाडि मात्रै भएको  पन्जाब विधान सभाको मतपरिणाममा आपले ११७ मध्ये ९२ सिट जितेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ