रेबा घिमिरे
काठमाडौँ, चैत ३
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् ।

फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्नेछन् भन्नुभयो । उहाँले भन्नुभयो “प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पु¥याउने बताउनु भयो ।
विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,नेपाली भएकामा हामीले गौरब गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ । पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुपर्वका अवसरमा समपूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पार्टीले चुनाव केन्द्रीत भएर देशभर साङ्गठनिक गतिविधिलाई बलियो बनाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ