
रेबा घिमिरे
काठमाडौँ,
चैत ५
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताउनु भएमो छ ।




नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ।
केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो”, गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको बताउनु भयो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताउनुभयो हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई सङ्कट पर्दा निकास दिँदै आएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















