काठमाडौं ,उमेश भट्टराई

स्थानीय तहको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागू गरेको दिएको छ।  मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

इजलासले चैत १३ गते दुवै पक्षको छलफल पनि डाकेको छ। उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अर्को आदेश हुनेछ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिएका हुन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेकोमा आइतबार हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुनविपरीत भएको भन्दै रिट दिएका थिए। सोमबार उक्त रिट दर्ता भएको थियो।

गाउँपालिका, नगरपालिका प्रमुख/उपप्रमुखले एकअर्कालाई राजीनामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। दुवैजना निर्वाचनमा सहभागी हुन मन भए भए कसलाई राजीनामा बुझाउने भन्ने प्रश्न पनि उठ्ने उनले बताए।

‘यो संहिताले त चुनाव लड्न पाउने अध्यक्ष/उपाध्यक्षमध्ये हकलाई पनि असर गर्ने भो भनेर खारेज गर्न माग गरेका छौं,’ उनले भने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ