काठमाडौं, उमेश भट्टराई

काठमाडौं  उपत्यका विश्वकै प्रदूषित खराब १० सहर भित्रको सूचीमा परेको छ । मंगलबार विहानको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ ।

वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन । बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ । गत वर्ष  सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो ।

पोलुनस डट जीओभी डट एनपीकाअनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षत्रेको वायू पनि प्रदूषित अवस्थमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ