रेबा घिमिरे
काभ्रेपलाञ्चोक
९ चैत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएकाछन् । पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए ।

“कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु”, पूर्वमन्त्रीसमेत रहनुभएका महतले भने । आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांगे्रसमय हुने दाबी गरेका छन् स्थानीय तहमा सबै सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिम मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गर्नुभयो । कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्र्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ”, भने।

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ÷नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे । सो अवसरमा धुलिखेल नगरस्थित नेकपा ९एमाले०लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टीका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला अध्यक्ष तिर्थ लामालगायतको उपस्थिति रहेको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ