र्ेबा घिमिरे
काठमाडौँ, ११
चैत
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो ।





नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















