रेबा घिमिरे

काठमाडौँ, 

११   चैत्र
सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा नेपालको सीमा मिचिएको विषयमा प्रमाणसहित लेखिएको पुस्तकर ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स अफ नेपाल’ को आज राजधानीमा एक समारोहका बीच विमोचन गरिएको छ । गोरखा एक्सप्रेस साप्ताहिकको आयोजनामा साहित्यकार तुलसी दिवस, उक्त साप्ताहिकका सम्पादक राजन कार्की, राजनीतिक विष्लेषक सुरेन्द्र केसी र लेखक तथा अन्वेशक डा प्रेमसिंह बस्नेतले संयुक्त रूपमा प्रस्तक सार्वजनिक गर्नुभएको हो ।

लेखक तथा सीमाविद् श्रेष्ठले उक्त पुस्तक भारतले नेपालको सीमा क्षेत्र मिचेको प्रमाणसहितको दस्तावेज भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तकमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा सोह्रैआना नेपालको हो भन्ने ९० वटा नक्सासहितको प्रमाण पेश गरेको छु ।” उहाँका अनुसार पुस्तकमा लिम्पियाधुरा शिर भएर बग्ने काली नै सीमाना हो भन्ने कुरा तत्थहरूबाट स्पष्ट हुने बताउनुभयो । भारतले सन् १९६२ मा चीनसँगको युद्धका बेला ओगटेको र सोही समयदेखि अहिलेसम्म नछाडेको उहाँले बताउनुभयो । सो क्षेत्रमा ३७२ वर्ग किलोमिटर नेपालको भूभाग मिचिएको छ ।

नेपालको सबैभन्दा बढी क्षेत्रफल मिचिएको र पेचिलो बनेको विषय यही हो गत वर्ष सरकारले सो भूभाग समेटेर नेपालको चुच्चे नक्सा सार्वजनिक गरेको थियो । यस्तै अर्को सीमा विवाद नवलपरासीको सुस्तामा छ । त्यहाँ १४५ वर्ष किलोमिटर नेपालको भूभाग मिचिएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले यी दुई ठाउँँसहित नेपालका ७१ स्थानमा भारतसँगको सीमा विवाद रहेको र चीनसँग पनि यदाकदा विवाद आएको बताउनुभयो ।

उहाँले यस समस्याको समाधानको अचुक उपाए भनेको छलफलद्वारा निकास निकाल्ने नै हो भन्नुभयो । उहाँले वार्ताबाट नमिले तेस्रो पक्षको मध्यस्थता स्वीकार गर्नुपर्ने नभए संयुक्त राष्ट्र सङ्घ या अन्तर्राष्ट्रिय अदालतबाट छिनोफानो गर्नुपर्ने कुरा पुस्तकमार्फ सुझाएको बताउनुभयो । तर नेपाल सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाब दिनुपर्नेमा उहाँको जोड थियो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ