रेबा घिमिरे
काठमाडौं





चैत्र १२
गैरआवासीय नेपाली संघ एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरेका छन् ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा।उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा।हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।
संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal

















