बेइजिङ,

१२ चैत
बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकांकमा ३३.३ प्रतिशतले कम भएको देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

जनवरी–फेब्रुअरीको अवधिमा यस शहरको प्रदुषणको २.५ औसत एकाग्रता (पीएम) प्रति घन मिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्यूरोले जनाएको छ । बेइजिङमा गत दुई महिनामा कुनै गम्भीर प्रदूषित दिन नभएको रिपोर्ट गरिएको छ ।

फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ शीतकालीन ओलम्पिक अवधिको दौडान यस शहरको पीएम २.५ सूचकाङ्क प्रति घन मिटर २३ माइक्रोग्राम रहेको थियो । पीएम २.५ सूचकाङ्क माइक्रोन वा त्यसभन्दा कम व्यासका वायुबाट उत्पन्न कणहरूको निगरानी गर्ने गेज हो ।

यी कणहरू मानिसहरूको फोक्सोको गहिरो भागसम्म प्रवेश गर्न सक्छन् र स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न गर्न सक्छन् ।

गत वर्ष यो शहर राष्ट्रिय वायु गुणस्तरको मापदण्डलाई अपनाउने घोषणासँगै बेइजिङले आफ्नो वायु प्रदूषण नियन्त्रणमा सफलता हात पारेको होे ।
–––

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ