वीरगञ्ज,
१२ चैत
सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ ।




आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति कमल तिमिल्सिनाले बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताउनुभयो ।
“मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भन्नुभयो, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।” सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, १७ सीमा सुरक्षा पोष्ट (बिओपी ) र तीनवटा सीमा निगरानी पोष्ट (एफओवी) रहेका छन् ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपोसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ ।
रु २५ लाख बराबरको मालसामान नियन्त्रणमा
सशस्त्र प्रहरी बलको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु १७ लाख मूल्य बराबरका विभिन्न मालसामानसहित एउटा ट्रकलाई नियन्त्रण लिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















