
काठमाडौँ,
१३ चैत
१३ चैत
राष्ट्रिय निजि तथा आवासीय बिध्यालय एशोसिएसन नेपाल काठमाडौ जिल्ला समितिको बार्षिक साधारणसभा नव निर्बाचित केन्द्रिय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्यतामा जमल स्थित एल्लो प्यागोडा होटलमा भब्य रुपमा सम्पन्न भयो।
।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको शनिवार होटल एल्लो प्यागोडामा सम्पन्न बार्षिक साधारण सभामा समितिका उपाध्यक्ष होम बहादुर (मनोज) अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन समितिका सचिव अमृत कुमार खड्काले गरेका थिए ।
नेशनल प्याब्सन, काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्क बस्नेतको सभापतित्वमा आयोजित साधारणसभामा प्रमुख अतिथि ७ औँ अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्ष चयन भएका पाण्डव हमाल रहनुभएको हो । यसैगरी विशिष्ट अतिथिको रुपमा संस्थाका संस्थापक गिता राणा, सल्लाहकार कर्ण बहादुर शाही, स. अध्यक्ष सुवास न्यौपाने, पुर्ब वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, केन्द्रीय महासचिव पारसमणि दाहाल, नव निर्बाचित केन्द्रिय पदाधिकारीहरु लगायत अन्य अतिथिहरु कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लाको आर्थिक प्रतिवेदन गेन्द्र लामाले प्रस्तुत गर्नुभएको थियो।

यसैगरी सांगठनिक प्रतिवेदन अध्यक्ष खड्क बस्नेतले प्रस्तुत गरेको हो । सात वटै नगर प्रमुख तथा महानगर प्रमुखले प्रतिवेदन प्रस्तुत गरेका थिए । नेशनल प्याब्सन काठमाडौको करिब ११० बिध्यालयका सस्थापक, प्राचार्य र डाईरेक्टरहरु सहभागी बार्षिक साधारणसभामा अध्यक्ष खडक बहादुर बस्नेतले प्रस्तुत गर्नुभएको संगठन र बिध्यालयको सुदृढीकरणको चार बुदे प्रस्ताव सदस्य बिध्यालयको नवीकरण,पाठ्यपुस्तक छनोट, परीक्षा र अन्य गतिविधिमा एकरुपता कायम गर्ने प्रस्ताव सर्ब सम्मत रुपमा पारित गर्दै सभा भब्य र सभ्य रुपमा सम्पन्न भयो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal
















