
रेबा घिमिरे
काठमाडौँ,




१४ चैत
नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आगामी स्थानीय तह निर्वाचनमा हाल सत्ता गठबन्धनमा कायम रहेका दलसँग चुनावी तालमेलका पक्षमा धारणा व्यक्त गर्नुभएको छ ।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकता र पार्टीको उपस्थितिका आधारमा चुनावी तालमेल गर्दा नै उपयुक्त हुने राय व्यक्त गर्नुभएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसले स्थानीय तहको निर्वाचनका सन्दर्भमा हाल सञ्चालन गरिरहेको एकमहिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानको समीक्षाका साथै आगामी निर्वाचनमा पार्टीलाई कसरी बढीभन्दा बढी सिटमा विजयी तुल्याउने भन्नेलगायत समसामयिक विषयमा सदस्यहरूले धारणा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














