गरिमा विकास बैंकले ५१.२०% शेयर स्वामित्व रहने गरि गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल अस्ट्युट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । सोमबारदेखी नै गरिमा क्यापिटल लिमिटेडको नामबाट औपचारीक कारोवार सुभारम्भ गरेको छ । सो कम्पनीले प्रदान गर्दै आएको सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछ
गत आषाढ ०४ गते केसीएल अस्ट्यूट क्या





पिटल र गरिमा विकास बैंक बिच गरिमा विकास बैंक लिमिटेडले ५१.२० प्रतिसत सेयर खरिद गर्ने सम्झौता भएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयको यही चैत्र महिना ०७ गतेको पत्रबाट साविकको केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति गरिमा क्यापिटल लिमिटेड कायम भएको क्यापिटलले सोमबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।
पत्रकार सम्मेलन अगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका अध्यक्ष , पुर्व अध्यक्ष , संचालक , प्रमुख कार्यकारी अधिकृत, काठमाडौं क्यापिटल लिमिटेडका संचालक तथा अन्य पदाधिकारीहरु, साविक के.सी.एल. अस्ट्युट क्यापिटल लिमिटेडका संचालकहरु, गरिमा क्यापिटल लिमिटेडका संचालक तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।
गरिमा क्यापिटल लिमिटेडमा देहाय बमोजिमका ५ सदस्यहरु रहने गरि संचालक समितिको गठन भएको छ :
१. दिपक पाण्डे (अध्यक्ष)
२. रमाकान्त बराल (सदस्य)
३. यादव कुमार श्रेष्ठ (सदस्य)
४. माधव प्रसाद उपाध्याय (सदस्य)
५. अनिल श्रेष्ठ ( सदस्य)
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















