वाग्मती,
चैत्र १५
स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ । जिल्लाका १६५ निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।




प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार निर्वाचनका लागि १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८६ सामान्य गरी मतदानस्थललाई विभाजन गरिएको छ । राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाका केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उहाँले बताउनुभयो । जिल्लामा ३५९ निर्वाचन केन्द्र रहेका छन् ।
विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचका आधारमा प्रशासनले केन्द्र विभाजन गरेको हो । यसै हप्ताभित्र निर्वाचन स्थल तथा केन्द्रका लागि आवश्यक पर्ने तयारी गरिने प्रजिअ पाण्डेले बताउनुभयो । सङ्घीय सरकारले स्थानीय तहको निवार्चनको एकीकृत सुरक्षा नीति तयारी गरिसकेकाले काम गर्न सहज हुने जानकरी दिँदै उहाँले मतदानस्थलको संवेदनशीलताका आधारमा विशेष सुरक्षा योजना बनाएर लागू गरिने बताउनुभयो ।
“निर्वाचनलाई मध्यनजर गरी राजनीतिक दलसँग निन्तर संवाद र छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















