काठमाडौँ,

१६ चैत
ः सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ