काठमाडौं,
उमेश भट्टराई ,  सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन  र जयनगर-जनकपुर रेलको शनिबार उद्घाटन भएको छ ।  शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका छन् ।  जयनगर-जनकपुर रेलको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर रेल उद्घाटन गरेका छन् ।  जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो ।

जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ