काठमाडौं, उमेश भट्टराई ,

रजनी सचेतना नेपाल फाउन्डेसनले आज टोखा नगरपालिका ९ गोगंबुको गणेशस्थान स्थित कामना माद्यामिक विध्यालयमा सन्चालन गरेको एक दिने आँखा शिविरबाट ४ सय २१ बढी नगरवासी लाभान्वित भएका छन् ।

रजनी फाउन्डेसनले आयोजना गरेको उक्त सिविरलाई तिलगंगा आँखा अस्पातलको चिकित्सकिय तथा प्राविधिक सहयोग सँगै काठमाडौं सटर ब्यवसायी संघ, बानियाटार युवा समाज, भण्डारी टोल युवा क्लब, नेपाली होटल ब्यवसायी संघ, महिला उपकार समाज सुधार मन्च, पञ्चकुमारी युवा क्लब, काठमाडौं होटल ब्यवसायी संघ, समाज उत्थान महिला मन्च नेपाल लगायत सहयोग गरेका थिए । काठमाडौं उपत्यकामै रहेर पनि आर्थिक अभाव र पारिवारिक समस्याका करण आफ्नो आँखाको राम्रो उपचार गर्न नपाएका जेष्ठनागरिक, महिला तथा बालबालिकाहरुले यो शिविर बाट राम्रो फाईदा पाएको ग्रिनल्यान्ड निवासी ७१ वर्सिय जेष्ठ नागरिकले बताए ।

फाउण्डेशनद्धारा आयोजित निःशुल्क आँखा जाँच शिविर कार्यक्रममा   ४ सय २१ जना नागरिकहरुले विभिन्न सेवा पाएका छन । निःशुल्क परिक्षण गर्न आउनेमा बालबालिका देखि युवा अनि वृद्धाहरु रहेका थिए ।

शिविर मार्फत निशुल्क आँखा जाच, नि:शुल्क मोतिबिन्दुको सल्यकृया, नि:शुल्क औषधी वितरण एवम् चस्मा वितरण गरिएको थियो ।साथै आँखाको सुरक्षाका लागि अपनाउनु पर्ने सावधानी र दृष्‍टि सुरक्षाका बिषयमा छलफल सन्चालन गरी सर्वसाधारणमाझ जनचेतना जगाईएको थियो ।

फेब्ब्रुअरी २०१७ मा रजनी थापाको नेतृत्वमा स्थापना भएको यो संस्थाले स्थापना भएदेखि नेपाली जनताको सामाजिक, सास्कृतिक, शैक्षिक तथा स्वास्थ्य सम्वन्धी सचेतना जगाई समृद्ध समाज निर्माण गर्ने कार्य गर्दै आईरहेको छ । फाउन्डेसनले महिला, बालबालिका र राज्यको मुल प्रवाहमा आउन नसकेका परिवारहरूलाई सुसंगत सुरक्षा प्रदान गर्ने र सचेत गराउने कार्य गर्दै आईरहेको संस्थाका अध्यक्ष राजनी थापाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ